खाेज्नुहाेस

जनमत–नाउपा पार्टी एकता गर्न बर्दियामा छलफल गर्दै

Image

काठमाडौं – जनमत र नागरिक उन्मुक्तिको पार्टी एकीकरणमा सहमति जुटाउन बर्दियामा छलफल गरिरहेका छन ।

आइतबार जारी बैठकले एकताको सहमति गर्ने दुई दलका नेताहरुले जानकारी गराएका छन् । दुई दलका कार्यदले बनाएको खाकाको आधारमा जनमतका अध्यक्ष डा. सीके राउत, नाउपाका संरक्षक रेशम चौधरीले एकताको टुंगो लगाउने भएका छन् ।

attariya hospital
navjiwan hospital

नाउपाले तय गरेको स्थानमा बैठक बस्ने गरी जनमतका नेताहरु बर्दिया पुगेका हुन् । कार्यदलको बैठक जारी रहेको जनमतका प्रवक्ता एवं कार्यदलका सदस्य डा. शरदसिंह यादवले जानकारी गराए ।

एकतापछिको पार्टी अध्यक्ष डा. राउत, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी हुनेगरी एउटा विकल्पमा छलफल भएको छ । साथै, दुई अध्यक्ष प्रणाली रहने गरी पनि विकल्पमा छलफल भएको दुई दलका नेताहरुले जानकारी गराएका छन् ।

दुई अध्यक्ष प्रणालीमा पहिलो बरियतामा कार्यकारी अधिकार सहित राउत हुने र दोस्रो वरियतामा श्रेष्ठ हुने गरी छलफल भएको छ । श्रेष्ठ हाल नाउपा अध्यक्ष छन् भने चौधरी उक्त दलको संरक्षक छन ।