कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा १२ औं प्याब्सन फेस्टिबल आयोजना हुने भएको छ । जिल्लाको महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (याब्सन) ले यहीँ पौष १५ गते देखि १८ गतेसम्म १२ औं प्याब्सन फेस्टिबल आयोजना गर्न लागेको हो ।
प्याबसन कंचनपुरले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बारे जानकारी दिएको हो । जिल्ला भरिका १ सय ८ वटा आधारभुत तह र माध्यमिक तहका विद्यालय बीच खेलकुद प्रतियोगिता हुने मुल आयोजक समितिका संयोजक महादेव प्रसाद भट्टले बताए ।
पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको पुर्व तयारी र बिद्यार्थीलाई स्वास्थ्य, शिक्षाका लागि खेलकुदमा आवश्यक रहेकोले विद्यार्थीको बौद्धिक क्षमता विकासको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
फेसटिभल आयोजना गर्न आर्थिक व्यवस्थापनका लागि सहभागी माद्यामिक तहको विद्यालयले ५ हजार र आधारभूत तहको विद्यालयले ४ हजार सहयोग रकम दिने छन । प्रतियोगिताका खेलहरुमा खेलाडी विद्यार्थी समुहबाट ५० देखी ५०० सयको बीचमा इन्ट्री शुल्क उठाइने छ ।
महेन्द्रनगर स्थित कबर्ड हलमा ३ दिनसम्म फेसटिभल आयोजना हुने छ । प्रतियोगिाको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।