सुनको मूल्य बढ्यो

सुनको मूल्य फेरि बढेको छ । बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो । आज छापावाला सुन तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ ।

maya metro hospital

मंगलबार १ लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मुल्यमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.