धनगढी – नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात सात जना खेलाडीलाई रिटेन गरेको छ । तेस्रो सिजनको लागि सुदूरपश्चिमले मार्की खेलाडी दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हिक्मत महरा र हेमन्त धामीलाई रिटेन गरेको हो ।

बुधबार सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम रोयल्सले आफ्नो रिटेन लिस्ट सार्वजनिक गरेको हो । सात खेलाडीलाई रिटेन गर्दा सुदूरपश्चिमले ५ खेलाडीलाई रिलिज गरेको छ ।

नरेन साउद, दिपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरालाई रिलिज गरेको हो । तेस्रो सिजनको एनपीएलको अक्सन नजिकिँदै गर्दा छवटा टोलीहरूले आफ्नो रिटेनले सार्वजनिक गरिसकेका छन् । अब साविक विजेता रहेको लुम्बिनी लायन्सको रिटेन लिस्ट सार्वजनिक हुन बाँकी रहेको छ ।


















