खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले सार्वजनिक गर्‍यो बजेट वक्तव्यको पूर्ण पाठ

Image

धनगढी –  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक गरेको छ । सोमबार मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको वार्षिक बजेट प्रस्तुत गरेका थिए । तर, उक्त बजेट वक्तव्य भने सार्वजनिक गरिएको थिएन ।

navjiwan hospital

प्रदेश सरकारले मंगलबार राति मात्र बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक गरेको हो । यसअघि बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक नगरिएपछि नेकपाले वक्तव्य माग गर्दै अर्थ मन्त्रालय र सभामुखलाई निवेदन दिएको थियो ।

attariya hospital

दलका उपनेता प्रकाश रावलले प्रदेशसभामा प्रस्तुत गरिएको बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयकहरू अध्ययनका लागि उपलब्ध गराउन निवेदन दिएका थिए ।

बजेट वक्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस