खाेज्नुहाेस

कैलालीमा भन्सार छलीका सामान बरामद

Image
file photo

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार नजिकबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

navjiwan hospital

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ५५ हजार ४५० रुपैयाँ बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

बरामद गरिएका सामानमा चिनी, सुर्ती, दूध पाउडर, प्लास्टिक झिल्ली लगायतका सामग्री रहेका छन्। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।