खाेज्नुहाेस

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Image

अत्तरिया –  कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

navjiwan hospital

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका गोप्य सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो।

attariya hospital

पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय नमराज विष्टसहित १० जना रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद ६० हजार १७५ रुपैयाँ र एक गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।