खाेज्नुहाेस

कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को कार्यसमिति चयनमा विवाद, २९ जनाले दिए उजुरी

Image

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमिति चयन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। शेरबहादुर देउवा पक्षले होटलमा कार्यसमिति चयन गरेको भन्दै २९ जनाले निर्वाचन कार्यालयमा उजुरी दिएका छन्।

उजुरीकर्ताहरूले कार्यसमिति चयन प्रक्रिया र त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन कार्यालयमा निवेदन दिएका हुन्।

attariya hospital
navjiwan hospital

उनीहरूले प्रक्रिया विधानसम्मत नभएको दाबी गर्दै आवश्यक छानबिन तथा कारबाहीको माग गरेका छन्।

बुधबार कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिबेशनबाट वीर बहादुर चोखालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो भने ३५ केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन गरिएको थियो ।