खाेज्नुहाेस

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

Image
file photo

बाजुरा –  बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे गौमुल गाउँपालिका–४ घोगालाबाट आफ्नो घर फर्किने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर उनको टाउकोमा लागेको थियो। ढुङ्गा लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

attariya hospital
navjiwan hospital

घटनाबारे स्थानीयले साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलको मुचुल्का तयार पारेर शुक्रबार राति ८ः३० बजे बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको थियो। राति १०ः३० बजे शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।