अत्तरिया – कैलालीको गोदावरीमा रहेको एक सामुदायिक विद्यालयको एसइई नतिजा निल आएको छ । गोदावरी नगरपालिकाको बल्मीमा रहेको राष्ट्रिय माविको नतिजा निल आएको हो ।


उक्त विद्यालयबाट २०८२ को एसइई परीक्षामा ८ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी भएका ८ जनानै नन ग्रेडेड (अनुत्तीर्ण) भएको गोदावरी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यस विद्यालयबाट शैक्षिक सत्र २०८१ मा पनि ८.११ प्रतिशत अर्थात् ३७ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ३ जना मात्रै उत्तीर्ण भएका थिए ।


















