खाेज्नुहाेस

सुनको मूल्य हालसम्मकै उच्च

Image
file photo

सुनको मूल्यले इतिहासकै उच्च भएको छ । बुधबारको तुलनामा बिहीबार १२ सय रुपैयाँले बढेसँगै सुनको मूल्यमा अहिलेसम्मकै उच्च भएर कीर्तिमान कायम गरेको हो ।

navjiwan hospital

बिहीबार छापावाल सुनको मूल्य तोलाको ११ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य पनि १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

attariya hospital

यसअघि चैत २२ गते सुनको मूल्य सबैभन्दा बढि १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य आज मात्रै २० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ४४५ रुपैयाँ भएको हो । यसअघि वैशाख २ र ३ गते चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ प्रतितोला पुगेको थियो ।