एकैदिन प्रतितोला १८ सय बढ्यो सुन मूल्य

बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ बढेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सयमा कारोबार भएको थियो ।

maya metro hospital

महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा पनि असर परेको महासंघले जनाएको छ ।

यसअघि सुन १ लाख ११ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.