सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

maya metro hospital

महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

 

यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, मंगलबार चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।

attariya hospital

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि   सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.