यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा ११ सय रुपैयाँले मूल्य घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ ।

यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य घट्न थालेको थियो ।
