
नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । बुधबार तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।




















