
अत्तरिया – कैलाली गोदावरी नगरपालिका वडा नं. १२ स्थित एक गोठमा आगलागी भएको छ । वडाको कालिका टोलमा रहेको स्थानिय देउसरी तिरुवाको गोठमा आगलागी भएको हो ।
शुक्रबार अपरान्ह चार बजेतिर गोठमा रहेको विजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी बाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन ।

















