काठमाडौं- ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो।
विवाद समाधानका लागि पटक(पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। नेविसंघका आधिकारिक उम्मेदवार थिङले भने जम्मा ३४६ मत ल्याए।
त्यस्तै अखिल क्रान्तिकारीका उम्मेदवार विरेन्द्र मगर ९मदन०ले ६३७ मत ल्याउँदा सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत ल्याए।पदाधिकारीतर्फ सचिव र कोषाध्यक्ष भने अनेरास्ववियुले जितेको छ।

सचिव पदमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अशोक दुलालले ६५७ मत ल्याए।
नेविसंघका रूपक न्यौपानेले ६२० मत पाए।
कोषाध्यक्षमा अनेरास्ववियुका तिलक बहादुर कुमाल १२४९ मतसहित निर्वाचित हुँदा नेविसंघका रोहित कपालीले ७१२ मत र अखिल क्रान्तिकारीका उम्मेदवार नरेन्द्र भण्डारी ९निगम०ले ४८७ मत ल्याए।
सदस्यमा अनेरास्ववियुका नितिन पाण्डेय, विवेक लामिछाने, सुस्मा शाही, रमेश आचार्य, स्वस्ती पौडेल र रिस्ता तुलाधर निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारीबाट टिकाराम खत्री र प्रमिका महर्जन स्ववियु सदस्य पदमा निर्वाचित भए।
समानुपातिकतर्फ सबैभन्दा बढी मत अनेरास्ववियुले पाएको छ।
अनेरास्ववियुले ८५१ मत पाउँदा अखिल क्रान्तिकारीले ६५८, नेविसंघले ५६४, राष्ट्रिय विद्यार्थी संघले १५७, विप्लव निकट अखिल क्रान्तिकारीले १२०, नेपाल क्रान्तिकारी विद्यार्थी संघले ११५, एकीकृत समाजवादी निकट अनेरास्ववियूले ७९ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले ५६ मत पाए।


















