खाेज्नुहाेस

कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया – कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका ५८ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट आइतबार खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी ५८ हजार ९० रुपैयाँ बराबरका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

प्रहरीका अनुसार बरामद गरिएका सामानमा सुर्ती, बोइलर कुखुरा, किराना सामान तथा कम्पेन मेसिनका विभिन्न पार्टपुर्जालगायत रहेका छन्।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।