कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय रामनरेस राना रहेका छन्। उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा रानाको घरकोठा खानतलासी गरिएको थियो। सो क्रममा १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र नगद १० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रानामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


















