अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–९ का ४५ वर्षीय नविन चौधरी (झेलु) जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा चौधरीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
















