खाेज्नुहाेस

नेपाल प्रहरीको कार्यसम्पादनमा सुदूरपश्चिम पहिलो

Image

धनगढी – नेपाल प्रहरीको प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन रिपोर्ट कार्डअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ३८६ पूर्णाङ्कमा ३३९.९८ अंक प्राप्त गर्दै ८८.०८ प्रतिशतसहित पहिलो स्थान हासिल गरेको हो।

attariya hospital
navjiwan hospital

कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दोस्रो र कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर चौथो, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पाँचौँ, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा छैटौँ र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत सातौँ स्थानमा छन्।

भदौ महिनाको मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा सबैभन्दा पछाडि परेको छ। ।

रिपोर्ट कार्डमा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कार्यसम्पादनका आधारमा क्रमशः ‘क’ श्रेणीमा राखिएको छ।