खाेज्नुहाेस

डडेल्धुरामा कांग्रेस सभापति र उपसभापति फरकफरक कित्तामा

Image

डडेलधुरा – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापतिले जिल्ला कार्यसमितिबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि उपसभापतिले काउन्टर विज्ञप्ति निकालेका छन् ।

लगातार चलेको नेताहरूको बैठकबाट अनिर्णित भएपछि जिल्ला सभापति भीमबहादुर साउँदले जिल्ला कार्यसमितिको निर्णय गरेर आइतबार वडा अधिवेशन गर्ने सूचना जारी गरेका थिए ।

attariya hospital
navjiwan hospital

जिल्ला सभापति साउँदले संस्थापन पक्षको महाधिवेशनमा सहभागी हुनेगरी वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि जिल्ला उपसभापति डिल्लीराज जोशीको अध्यक्षतामा देउवापक्षीय नेताहरूको छुट्टै बैठक बसेको थियो ।

बैठकलगत्तै उपसभापति जोशीले अलग्गै विज्ञप्ति निकालेर आइतबारको वडा अधिवेशनमा सहभागी नहुन आह्वान कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

उनको विज्ञप्तिमा कांग्रेस फुटको संघारमा हुनु निकै दुखित कुरा रहेको उल्लेख छ । उनले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा र विशेष अधिवेशनबाट निर्वाचित थापालाई वार्ताका माध्यमबाट आपसी समझदारी गरेर पार्टीलाई एकताबद्ध राख्न आह्वान गरेका छन् ।

यस्तै, उपसभापति जोशीको विज्ञप्तिमा आइतबारका लागि आह्वान भएको वडा अधिवेशन रोकेर वार्ता र संवादका माध्यमबाट निकाल्न आह्वान गरिएको छ ।