खाेज्नुहाेस

कैलाली प्रहरीद्धारा सरकारी जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

Image

अत्तरिया – सरकारी जागिर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आफ्नो वास्तविक परिचय लुकाई भुवन के.सी.को नाममा नक्कली नागरिकता प्रमाणपत्रलगायतका कागजात बनाई विभिन्न बैंकमा खाता खोलेर नेपाली सेना, नेपाल प्रहरी तथा स्टाफ नर्सलगायतका पदमा जागिर लगाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।

attariya hospital

पक्राउ पर्नेमा नवलपरासी दबचुली नगरपालिका –७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ मा बस्दै आएका ३७ वर्षीय राज श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताए । प्रहरीले उनलाई ठगीसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।