खाेज्नुहाेस

आज सहकारी दिवस मनाइँदै

Image

‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइँदैछ । सहकारी संस्थाहरूले दिवसको अवसरमा प्रभातफेरी लगायतका देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरणमा राष्ट्रिय सहकारी दिवस मनाइन्छ । सहकारी दिवसको अवसरमा धनगढीमा पनि प्रभातफेरीको आयोजना गरिएको छ ।

‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल उद्देश्यले सञ्चालित सहकारीमा पछिल्लो समय आर्थिक विचलन देखिएको छ । कतिपय सहकारी संस्था निक्षेपकर्तालाई रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन् । दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी सम्मेलन आयोजना गर्दैछ ।

attariya hospital
navjiwan hospital

यति चैत २३ गतेदेखि २५ गतेसम्म संचालन हुने सम्मेलनमा देशभरका सहकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । सहकारी ऐन, १९९२ लागु भएपछि नेपालमा सहकारी आन्दोलन तीव्र गतिमा बढेको पाइन्छ ।

हाल नेपालमा ३० हजार ८७९ सहकारी, ३११ जिल्ला स्तरीय सहकारी संघ, ११ प्रदेशस्तरीय सहकारी संघ, १८ वटा क्षेत्रीय केन्द्रीय स्तरका सहकारी संघ, एक राष्ट्रिय सहकारी बैंक र एक राष्ट्रिय सहकारी महासंघ नेपाल उच्चस्तरीय संस्थाका रूपमा रहेका छन् ।

यससँगै ५६ प्रतिशत महिला सहभागिता भएका ७३ लाख व्यक्तिगत सदस्य रहेको सहकारीले कम्तीमा ९१ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । यो क्षेत्रको शेयर पुँजी ९४ अर्ब २२ करोड र बचत ४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।