बाजुरा – बाजुरामा मत गणना जारी छ । अहिले सम्म नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता बनाइरहेका छन् ।

पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गरेका छन् । दुबैबीच १ हजार ११२ मतको अन्तर छ ।

मङ्सिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको थियो ।

















