खाेज्नुहाेस

भागेश्वरको केन्द्र टप्वा कायम गर्ने सरकारको निर्णय

Image

डडेल्धुरा – सरकारले डडेल्धुराको भागेश्वर गाउँपालिकाले केन्द्र टप्वा कायम गर्ने निर्णय गरेको छ । सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिार्वजनिक गर्दै सरकारले गाउँपालिकाले केन्द्र टप्वा कायम गर्ने निर्णय भएको जनाएको हो । हाल बगरकोटमा रहेको केन्द्र परिवर्तन गरि टप्वा कायम गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।

navjiwan hospital

यसअघि भागेश्वर गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले टप्वालाई केन्द्र तोक्ने पक्षमा मतदान गरेका थिए ।

add everest academy
attariya hospital

बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा मुकाम तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो । तर २०८० माघमा बसेको कार्यपालिका बैठकमा भएको मतदानले टप्वा केन्द्र तोक्ने निर्णय गरेको थियो ।