खाेज्नुहाेस

डडेल्धुरामा सडकबाट २ मिटर तल खस्यो ट्याक्टर, २ जना घाइते

Image

अत्तरिया – डडेल्धुरामा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको छ । आइतबार बिहान अमरगढी नगरपालिका – १० ऐरीगाउँ स्थित स्याउलेबाट दिपायल तर्फ जाँदै गरेको सुप प्र ०१००२ त ४९८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन ।

navjiwan hospital

दुर्घटनामा चालक कञ्चनपुरको बेल्डाडी गाउँपालिका – ४ का ३५ वर्षीय राम दयाल राना र कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका – १ का ३५ वर्षीय लक्ष्मण राना घाइते भएका छन् ।

attariya hospital

दुर्घटनामा घाइते भएका चालकको टाउको, कम्मर, घाँटीमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते सहचालकको टाउको, कम्मर र छातीमा चोट लागेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ । दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । लोड नभएको उक्त ट्याक्टरमा चालक सहचालक मात्रै सवार रहेका थिए ।