खाेज्नुहाेस

केएमसी सभापतिका उम्मेदवार पन्तले सार्वजनिक गरे चुनावी घोषणापत्र

Image

कल्पना कुमारी देउवा, अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पस (केएमसी) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार सन्तोष पन्तले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी सघं (नेविसंघ) बाट चुनावी मैदानमा होमिएका पन्तले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै १८ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन ।

navjiwan hospital

जसअनुसार उनले स्ववियु छात्रवृत्ति कोष स्थापना गर्ने, स्मार्ट केएमसीको अवधारण अगाडि बढाउँदै सम्पूर्ण संकायमा नोट तथा रिडिङ मेटरियल्सको सहज उपलब्धताका लागि एप्लिकेसन वा वेबसाइट बनाउने, ‘केएमसी फेस्ट’ कला, खेल साहित्य र बिचारको उत्सव आयोजना गर्ने चुनावी एजेन्डा उनले सार्वजनिक गरेका छन् ।

attariya hospital

यस्तै नेपालमा सबैभन्दा कम बहस भएको मुख्य समस्याको रूपमा देखिएको बेरोजगारी समस्या समाधानका लागि जब प्लेसमेन्ट सेल स्थापना गर्ने, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने, स्टडी पार्क निर्माणका लागि पहल गर्ने, सुदूरपश्चिम प्रदेश कै सुविधा सम्पन्न पुस्तकालय निर्माणका लागि पहल गर्ने, केएमसीलाई वैचारिक थलो बनाउनका लागि केएमसी डिबेट फोरम स्थापना गर्ने, विभिन्न खेलकुदहरूका लागि छुट्टाछुट्टै खेल मैदान निर्माण तथा स्तरोन्नति गर्न पहल गर्ने उनले आफ्ना एजेन्डा रहेको बताएका छन् ।

उनले क्याम्पसलाई शान्ति क्षेत्र कायम गर्न सिसिटिभी क्यामेरा, घेरबार, नो हर्न, स्पिड लिमिट एरिया बनाउन पहल गर्ने, क्याम्पसमा भएका विभिन्न सभाहललाई व्यवस्थित गर्दै साउन्ड प्रुफ र प्रविधि मैत्री बनाउन पहल गर्ने, छात्र बासका लागि निर्मित भवनलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन र छात्रावासको निर्माणका लागि पहल गर्ने, आधुनिक र व्यवस्थित क्यान्टिनको स्थापनाका लागि पहल गर्ने, क्याम्पस परिसरमा तातो चिसो शुद्ध पिउने पानीको व्यवस्थाका लागि पहल गर्ने, स्केल डिभलपमेन्ट कार्यक्रम अन्तर्गत विधार्थीहरुको कला, ज्ञान र क्षमताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने, सम्पूर्ण संकायका लागि आवश्यक खेल सामाग्री खरिद, संगीतका सामग्रीहरूको खरिद, सांस्कृतिक पोसाक खरिद आदिका लागि पहल गर्ने र शिक्षा सँगै संस्कार अभियानलाई निरन्तरता दिने आफ्नो योजना रहेको बताए । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत्र २७ गते स्ववियु निर्वाचन हुँदै छ ।