खाेज्नुहाेस

केएमसी स्ववियु सभापतिका उम्मेदवार जोशीका यस्ता छन् एजेन्डा

Image

मिना कुमारी धानुक, अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पस (केएमसी) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार यमराज जोशीले चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । धनगढीमा आइतबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अनेरास्ववियुबाट उम्मेदवारी दिएका जोशीले आफ्ना एजेन्डा सार्वजनिक गरेका हुन । जोशीले सरकारी तथा गैर सरकारी निकायसँगको समन्वयमा पढ्दै कमाउँदै अभियानको थालनी गर्ने, स्वरोजगारका तालिम सञ्चालन गर्ने, विगतमा गरिएका शिक्षक सेवा, लोकसेवा, बैकिंङ लगायतका कक्षालाई निरन्तरता दिने बताएका छन् ।

navjiwan hospital

यस्तै सकांय अनुसार व्यवस्थित पुस्तकालयको व्यवस्था, अनुसन्धान केन्द्र स्थापना गरी विद्यार्थीहरूलाई अनुसन्धानमा जोड्ने, क्याम्पसको समायोजन प्रक्रिया अविलम्ब सुरु गर्न निर्णायक भूमिका खेल्ने, बिई सिभिल, एग्रिकल्चर, हर्बल साइन्स लगायत प्राविधिक शिक्षाको पठन पाठनका लागी पहल गर्ने एजेन्डा जोशीका छन् ।

attariya hospital

कैलाली बहुमुखी क्याम्पसलाई स्कुल अफ म्यानेजमेन्टसहितको डिन कार्यालय स्थापनाका लागि पहल गर्ने, स्नातकोत्तर तहमा पत्रकारिता विषयको पढाइका लागी पहल गर्ने, रेडियो केएमसीका लागि आवश्यक जनशक्ति सहित प्राविधिक सामग्रीका लागि पहल गर्ने, समग्र क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनका नीतिगत सुधारका काम, स्ववियु खेलकुद प्रतियोगिता र खेलाडी सम्मान, कम्प्युटर ल्याब स्थापना गरी कम्प्युटर साक्षरता अभियान सञ्चालन गर्ने, शारीरिक अपागंता भएका विद्यार्थीलाई अध्यायनका लागि आवश्यक सामग्रीको प्रबन्ध मिलाउने तथा छात्रवृत्ति वितरण प्रणालीलाई विद्यार्थीको माग अनुसार व्यवस्थित र पारदर्शी बनाउने जोशीले बताएका छन् ।