खाेज्नुहाेस

कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी

Image

दुर्गा भट्टराई, अत्तरिया कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन । क्याम्पसको आईतबार प्रकाशित नतिजा अनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन ।

navjiwan hospital

उनका प्रतिद्धन्द्धी अखिल क्रान्तीकारीका गणेश भण्डारीले ४२८ मत ल्याए । शनिबार भएको मतदानमा अखिल क्रान्तिकारीका भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो भने नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका गौतम अध्यक्षमा थिए । यस्तै अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो ।

attariya hospital

निर्वाचनबाट सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए । उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए । उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ ल्याएर पराजित भईन ।