अत्तरिया- कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् । चुरे गाउँपालिका-४ बालुवागडाका ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
उनी गोदावरी नगरपालिका-११ रेगुलेटरस्थित नहरमा मृत फेला परेका र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।