खाेज्नुहाेस

ट्रम्पमाथि गोली प्रहार

Image

काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

navjiwan hospital

एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ। पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो । एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।

attariya hospital

यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ। युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।