खाेज्नुहाेस

दिल्लीमा पाँचतले भवन भत्किँदा ६ जनाको मृत्यु

Image

नयाँ दिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ। भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन्। दिल्ली विश्वविद्यालय परिसरनजिकैको विद्यार्थी आवास क्षेत्रको भवन आइतबार भत्किएको हो।

प्रहरी, अग्नि नियन्त्रक तथा विपद् प्रतिकार्य टोलीले अर्थमुभर र स्निफर कुकुरको सहयोगमा उद्धार कार्य गरिरहेका छन्। मुख्यमन्त्री रेखा गुप्ताका अनुसार १२ जनालाई भग्नावशेषबाट उद्धार गरिएको र छ जना घाइते भएका छन्। करिब ८० प्रतिशत भग्नावशेष हटाइसकिएको छ।

attariya hospital
navjiwan hospital

करिब ५५ वर्ष पुरानो भवनमा मर्मतसम्भार भइरहेको थियो। प्रारम्भिक अनुसन्धानमा बेसमेन्टमा पानी जम्नु तथा मर्मतका क्रममा संरचना कमजोर भएकाले भवन भत्किएको हुनसक्ने मुख्यमन्त्री गुप्ताले बताए।

घटनापछि सरकारले विद्यार्थी आवास, विद्यालय तथा नर्सिङ होमजस्ता सार्वजनिक प्रयोगका भवनमा नियमित संरचनात्मक परीक्षण र सुरक्षा प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ।मनसुनका बेला भारी वर्षाका कारण पुराना भवन भत्किने जोखिम बढ्ने गरेको छ।

एपी