खाेज्नुहाेस

बाजुराकी पानसराले बाटोमै जन्माइन छोरी

Image

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका – ४ की पानसरा रोकायाले बाटोमै छोरी जन्माएकी छिन । सुत्केरी व्यथा लाग्ने बितिकै एक्लै आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा उनले मंगलबार बाटोमै छोरीलाई जन्म दिएकी हुन ।

उनले बाटोमै बच्चा पाएको देखेपछि स्वास्थ्य केन्द्र कुरुकी प्रमुख धर्मा चदाराले सहयोग गरेकी थिइन् । पानसरालाई अत्याधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको उनले बताईन् ।

attariya hospital

पानसराले यसअघि पनि पहिला सन्तान छोरा र दोस्रो सन्तानको रुपमा छोरीलाई बाटोमै जन्म दिएकी थिइन ।