खाेज्नुहाेस

पत्रकार राजेन्द्र विष्टको निधन, आज महाकालीमा अन्त्येष्टि गरिँदै

Image

धनगढी- प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवं राष्ट्रिय समाचार समिति (रासस) का डेस्क सम्पादक राजेन्द्र विष्टको उपचारका क्रममा निधन भएको छ। विष्टको शुक्रबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो।

कलेजोमा संक्रमण देखिएपछि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिमका इञ्चार्ज दिलबहादुर छत्यालले बताए ।

attariya hospital
navjiwan hospital

कञ्चनपुर निवासी विष्ट लामो समयदेखि राससमा आबद्ध थिए। उनको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रमा शोक छाएको छ।

विष्ट पछिल्लो समय पारिवारिक शोकमा समेत थिए। गत कात्तिक २२ गते उनकी आमा विष्णादेवी विष्टको निधन भएको थियो। आमाको निधन भएको १८ दिनपछि विष्टको पनि निधन भएको हो।

विष्टको शुक्रबार बिहान ८ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–स्थित निवास बन्साहबाट महाकाली नदीको भुजेला घाटका लागि अन्तिम यात्रा हुने जनाइएको छ।