खाेज्नुहाेस

लागूऔषध सहित कैलालीमा एक जना पक्राउ

Image

अत्तरिया – कैलालीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

navjiwan hospital

टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ १ ग्राम ७४० मिलिग्राम र चरेशजस्तो देखिने कालो पदार्थ १ ग्राम ६६० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–७ का २७ वर्षीय अजय चौधरी पक्राउ परेका हुन्।

attariya hospital

प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।

चौधरीलाई पक्राउ गरी घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।