बर्दिया – बर्दियाका लघुवित्त कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय बर्दियालाई ज्ञापनपत्र बुझाएका छन । पछिल्लो समय लघुबित्त क्षेत्रमा देखिएका समस्याहरुका बारेमा ध्यानाकर्षण गराउन कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।

पछिल्लो समय केहि अराजक तत्वले लघुबित्त कर्मचारिलाई कार्यबाधा गरेकाले जिल्ला प्रशासन अधिकारि मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाईएको कर्मचारी मन्च बर्दियाका अध्यक्ष नवराज महराले बताए ।

नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त बित्तिय संस्थामाथि अराजक गतिविधि हुनु दुखद रहेको भुरिगाउ कर्मचारी मंञ्चका सदस्य खेम राज ओझाले बताए । लघुबित्तहरुले सदस्यहरुको पक्षमा रहेर काम गरिरहेको भएपनि केहि खराब आचरण भएका सदस्यका करण लघुबित्त प्रति भ्रम सृजना भएको उनले बताए ।
नेपाल बैकर्ष संघको आयोजनामा देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालमा आज ज्ञापनपत्र बुझाईएको उनले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिमालले समाजमा लघुबित्तको महत्वबारे अफु जानकार रहेको बताए । उनले समाजमा अराजक गतिविधि गर्ने जो कोहिलाई प्रशासन कार्यालयले कार्वाहिको दायरामा ल्याउनेबारे विस्वस्त हुन उनले लघुवित्त कर्मचारीहरुलाई आग्रह गरे ।

















