खाेज्नुहाेस

‘तीन तिघ्रे, क्या बिग्रे’ बाट फिल्ममा डेब्यु गर्दै अञ्जु पुत्री परितोषिका

Image

काठमाण्डौं – चर्चित गायिका अञ्जु पन्त की छोरी परितोषिका पन्त अब नेपाली रजतपटमा देखिने भएकी छन्। उनले निर्माणको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’ बाट औपचारिक रूपमा अभिनय यात्रा सुरु गर्न लागेकी हुन् । निर्माता रघुनाथ सापकोटा का अनुसार परितोषिकालाई केही दिनअघि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको हो । यही फिल्ममार्फत चर्चित लोकगायक पशुपति शर्मा ले पनि पहिलो पटक फिल्म क्षेत्रमा पाइला टेक्दैछन् ।

navjiwan hospital

अभिनय क्षेत्रमा आउनुअघि परितोषिकाले अभिनयसम्बन्धी तालिम लिइसकेकी छन् । उनले यसअघि केही म्युजिक भिडियोका साथै रंगमञ्चमा समेत अभिनय अनुभव बटुलिसकेकी छन् । फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् । रघुजी फिल्म्स को ब्यानरमा बन्ने यस चलचित्रमा थप दुई मुख्य कलाकार रहने बताइएको छ ।

attariya hospital

यद्यपि फिल्ममा परितोषिका कसको अपोजिटमा देखिनेछिन् भन्ने विषय निर्माण टिमले अझै सार्वजनिक गरेको छैन । निर्माण पक्षका अनुसार यही साताभित्र फिल्मको बाँकी कलाकार र अन्य विवरण सार्वजनिक गरिनेछ ।