खाेज्नुहाेस

सुनको मूल्य घट्यो

Image
file photo

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

navjiwan hospital

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।