अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ कलुवापुरमा सनराइज बैंक लिमिटेडले शाखा रहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले कलवापुरमा १०१ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
शाखाको शुक्रबार एक कार्यक्रमबा बीच कृष्णपुर नगरपालिका – ७ का वडा अध्यक्ष घुम्मन रानाले उद्घाटन गरेका छन ।


उद्घाटन कार्यक्रममा सन्राइज बैंक अतरिया शाखाका प्रमुख मातृका खडका स्थानीय व्यापारी, बुद्धिजिवी समाजसेवी लगायत सनराइज बैंक सुदूरपश्चिम क्षेत्रिय कार्यालय र अन्य बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
बैंकले सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहत बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यहाँबाट ग्राहकवर्गले निक्षेप संकलन रकम भुक्तानी रकम स्थानान्तरण सेवाहरु लिन सक्ने शाखारहित बैकिङ्ग सेवाका प्रतिनिधि करम रानाले बताएका छन । हाल सन्राइज बैंकका देशभर १३९ वटा शाखा रहेका छन ।


















