खाेज्नुहाेस

बैतडीमा जनप्रतिनिधिलाई हराउँदै शिक्षकको टोली विजयी

Image

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न मैत्रीपूर्ण टी –२० क्रिकेट प्रतियोगितामा शिक्षक ११ को टोली विजयी भएको छ । सम्पन्न खेलमा जनप्रतिनिधि/कर्मचारी ११ को टोलीलाई ६ रनले स्तब्ध पार्दै शिक्षकको टोली विजयी भएको हो ।

जितका लागि पाएको २१० रनको विशाल लक्ष्य पछ्याएको जनप्रतिनिधि/कर्मचारीको टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन मात्रै बनाउन सक्यो । जसमा राम चन्दले ५१, जितेन्द्र रावलले ४६ रनको योगदान गरे पनि हार टार्न सकेनन् ।

attariya hospital
navjiwan hospital

शिक्षक ११ का टेक चन्दले ५ विकेट हात पारे । त्यसअघि निंग्लाशैनी खेल मैदान, देहिमाडौंमा टस जितेर पहिला ब्याटिङ गरेको शिक्षक ११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनायो । उसका विनोद बोहराले ८३, टेक चन्दले ८१ रनको योगदान गरे ।

जनप्रतिनिधि/कर्मचारी ११ का लागि योगेन्द्र चन्दले २, कप्तान पुस्करराज जोशीले २ विकेट हात पारे । खेलका म्यान अफ द म्याच शिक्षक ११ का टेक चन्द चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

दशरथचन्द नगरपालिकाले आफ्नो स्थापना दिएको पूर्वसन्ध्यामा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । चैत २४ गते नगरपालिकाको स्थापना दिवस रहेको छ ।

यसअघि नगरपालिकाले स्थापना दिवसकै उपलक्ष्यमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण र देहिमाडौंमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो ।