डोटी – नेपाली सेनाले डोटीको ऐतिहासिक तिखागढी मर्मतपछि दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्कालाई तिखागढी हस्तान्तरण गरेका छन् ।

सेनाले आफ्नै स्रोतमा शीघ्र प्रभावी आयोजनाअन्तर्गत भैरव दल गणद्वारा तिखागढी मर्मत गरेको जनाएको छ । तिखागढी प्राचीन डोटी राज्यकालीन सैन्य गढी हो । जुन दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर १ को तिखा गाउँमाथिको डाँडामा रहेको छ ।

यसअघि मर्मत र संरक्षणका अभावमा त्यो गढी खण्डहर अवस्थामा थियो ।



















