धनगढी – कैलालीको धनगढीबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारे लस्थितबाट आइतबार ५६३ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले बा ८५ प ८८०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने ३० वर्षीय बाली रावत रहेका छन् । अर्का व्यक्तिको विवरण प्रहरीले खुलाएको छैन ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















