खाेज्नुहाेस

बेलौरीमा नाबालकलाई कुटपिट गर्ने पाँच जनाको नाम सार्वजनिक

Image

अत्तरिया — कञ्चनपुरको बेलौरीमा नाबालकलाई धारिलो हतियार (खुकुरी) देखाउँदै धाकधम्की दिई कुटपिट गरेको घटनामा संलग्न पाँच जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–१ रतनपुरका एक नाबालकलाई खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरिएको घटनामा नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरेको हो।

attariya hospital

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

घटनाबारे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवम् अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।