खाेज्नुहाेस

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

Image

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गरेको छ ।

navjiwan hospital

योसँगै चार अंक जोडेको जनकपुरले जारी सिजनमा लगातार दोस्रो जित निकालेको छ । यसअघि जनकपुरले काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो ।

attariya hospital

आईतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३८ रन मात्र जोड्नसक्यो ।