खाेज्नुहाेस

भजनीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ

Image
file photo

धनगढी – कैलालीको भजनीबाट भन्सार छली गरी ल्याइएका सामानसहित एक महिला पक्राउ परेकी छन् ।

भजनी नगरपालिका–१ भजनी बजारस्थित आइतबार प्रहरीले भन्सार छलीका सामानसहित भजनी नगरपालिका–५ की ४३ वर्षीया सुशीला रेग्मीलाई नियन्त्रणमा लिएको हो ।

attariya hospital
navjiwan hospital

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले रेग्मीले चलाएको से ४ प ८२१४ नम्बरको मोटरसाइकल शंका लागेर जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामान बरामद गरेको थियो ।

बरामद सामान र मोटरसाइकलसहित अन्दाजी १ लाख ७३ हजार ३ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।