खाेज्नुहाेस

सुर्नयाका कार्यपालिका सदस्य दासी ढोलीको निधन, गाउँपालिकामा शोक विदा

Image

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ । सुर्नया गाउँपालिका वडा नं १ हटैराज घर भएका ६५ बर्षीय ढोलीको आइतबार कञ्चनपुरमा निधन भएको हो ।

navjiwan hospital

लामो समयदेखि मृगौला रोगबाट पीडित ढोलीको उपचारको क्रममै मृत्यु भएको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष धनबहादुर चन्दले बताए । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

attariya hospital

शोक बिदा

यसैबीच सुर्नया गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । गाउँ कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको शोकमा मंगलबार गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा शोक बिदा रहने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।