खाेज्नुहाेस

बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

Image

बैतडी– बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लामा हालसम्म करिब ६६ हजार बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन । यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

navjiwan hospital

ज्येष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआरटी टीबी भएका व्यक्ति, कुष्ठ रोग लागेका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले बताए । यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरूको स्वास्थ्य बीमा गर्दा प्रिमियमको आधा सरकारले तिर्ने उनले जानकारी दिए ।

attariya hospital

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीका हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका जोशीले जानकारी दिए । उक्त संस्थाहरूमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरूमा पनि निःशुल्क उपचार हुने गरेको उनले बताए ।