खाेज्नुहाेस

युवा व्यवसायी प्रेम भट्टद्वारा सुप समावेशी आविमा अक्षय कोष स्थापना

Image

अत्तरिया – कैलालीको अत्तरियाका युवा व्यवसायी प्रेमराज भट्टले आफ्ना स्वर्गीय भाइ निर्मल कुमार भट्टसहित पितृहरूको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् । उनले गोदावरी नगरपालिका–२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

navjiwan hospital

शनिवार आश्विन कृष्ण औँसीको अवसर पारेर पत्नी कृष्णा सहित भट्टले उक्त रकम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरालाई हस्तान्तरण गरेका थिए ।

attariya hospital

पितृहरूको सम्झनालाई चिरस्थायी बनाउने र विद्यालय सञ्चालनमा सहज होस् उद्देश्यले विद्यालयमा अक्षय कोष स्थापना गरेको भट्टले बताएका छन् । उनले यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक कार्य गर्दै आएका छन् ।