खाेज्नुहाेस

दसैँको मुखमा पसलमा आगलागी हुँदा लाखौंको क्षती 

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा एक पसलमा आगलागी हुँदा लाखौंको क्षती भएको छ । शुक्रवार मध्यरातमा बेलौरी नगरपालिका १० शिवनगर स्थित चौधरी मदिरा नास्ता पसलमा आगलागी हुँदा २० लाख बढिको क्षती भएको हो । 

मध्यरती विद्युतको तार सर्ट भएर पसलमा आगलागी हुँदा ५ वटा फ्रीज सहित,फर्निचर,छतको टिम लगायत अन्य सरसमान जलेर करिब २० लाख बढि रुपैयाँ बराबरको क्षती भएको पसल सञ्चालक छवि दहितले बताए । स्थानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिदासम्म पसलभित्रका सबै समान जलेर नष्ट भइसकेको थियो ।

attariya hospital
navjiwan hospital

पसल सञ्चालक छवि दहितले विद्युत कार्यालयको लापरबाहीले पसलमा आगलागी भएको आरोप लगाएका छ्न । उनले बिना कन्ट्रोलमा ३ सय भोल्टेजको लाइन सप्लाइ गर्दा आगलागी भएको बताएका छन । पसलसङ्गै मध्यरातमा घरको इन्भर्टर ,स्टप्लाइजर सहित अन्य २-३ घरको मिटर,बल्ब समेत जलेको छ । 

सामान्यतया २ सय देखि – २५० भोल्टेज लाइन सप्लाइ हुने ठाउँमा अचानक ३ सय भोल्टेजको लाइन आउदा आफुले ठूलो क्षती बेहोर्नु परेको छवि दहितले बताए । 

दसैँको मुखमा ८-१० जनाको परिवार पालिरहेको पसलमा ठूलो क्षती हुदा दहित परिवार चिन्तामा छ । बैंकबाट रिण लिएर पसल चलाइरहेका सामान्य परिवारका छविले अब के गर्ने भन्ने बारे सोच्नै सकिरहेका छैनन । उनले स्थानीय तहदेखी विभिन्न संघ सस्थाबाट सहयोगको अपेक्षा समेत राखेका छन ।